९ कार्तिक २०८३, सोमबार

गोङ्गबु नयाँबसपार्क जान लागेको बस सानोठिमीमा दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

busभक्तपुर, १ भदौ । मध्यपुरथिमिबाट गोङ्गबु नयाँबसपार्क जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

भक्तपुरको दूधपाटीबाट यात्रु बोकेर नयाँबसपार्क जाँदै गरेको बा२ख ६९८२ नम्बरको बस सानोठिमी हुँदै पेप्सीकोला जाने क्रममा सडकबाट खसेर दुर्घटना भएको महानगरीय प्रहरी प्रभाग सानोठिमीका प्रहरी नायब निरीक्षक भगवान भण्डारीले जानकारी दिनुभयो ।

घाइतेको नागरिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । रासस