काठमाडौं, १ भदौ । नुवाकोटमा एक भाईले दाजू नाता पर्ने व्यक्तिलाई पैसा र श्रीमतीका लागि हत्या गरेका छन् ।
हत्यामा संलग्न काठमाडौं नेपालटार बस्ने नुवाकोट उर्लेनी गाविस–२ काल्चेका मिस्त्री र ठेकेदार काम गर्ने ३४ वर्षीय अमर भन्ने ध्रुबबहादुर तामाङलाई महानगरीय अपराध महाशाखाले उनकै घर काल्चेबाट सोमबार पक्राउ गरेको छ ।
आफ्नो दाजु नाता पर्ने नुवाकोट उर्लेनी गाविस–२ बस्ने ३० वर्षीय राजेश्वर मोक्तान तामाङ साउन २० गतेदेखि बेपत्ता भएको भनी गणेशबहादुर तामाङले महानगरीय बृत्त बालाजुमा निवेदन दिएपछि खोजतलासको क्रममा साउन ३० गते काठमाडौं तारकेश्वर नगरपालिका–५ भेडीगोठ काभ्रेस्थलीस्थित धानबारीको कुलोमा राजेश्वर मृत अवस्थामा फेला परेका थिए । साउन २० गते नुवाकोट बिदुरबाट राहतसम्बन्धी कागजात बुझाउन काठमाडौं हिँडेदेखि राजेश्वर परिवारसँग सम्पर्कबिहिन भएका थिए ।
अनुसन्धानको क्रममा शंकास्पद देखिएका तामाङलाई ईलाका प्रहरी कार्यालय खरानीटार नुवाकोटको सहयोगमा महाशाखाले पक्राउ गरेको हो । उनले राजेश्वरलाई साउन २० गते उक्त कुलोमा खुकुरीले घाटी रेटी कर्तब्य गरी मारेको खुल्न आएको छ ।
अभियुक्त तामाङलाई आबश्यक कानुनी कारवाहीको लागि महाशाखाले मंगलबार महानगरीय प्रहरी बृत्त बालाजुमा पठाएको छ ।
यस्तो छ घटना विवरण :

अनुसन्धानबाट खुल्न आएका कुराहरु :
- मृतक राजेश्वर मोक्तान तामाङकोअभियुक्त अमर भन्ने ध्रुव बहादुर तामाङसँग पहिले दाजु भाईको जस्तो राम्रो सम्बन्ध रहेको ।
- मृतकले स्थानिय उर्लेनी गा.वि.स.मा सहकारी पसल गर्ने गरेको (पहिलाको श्रीमतीले छोडी गएको) ।
- विगत २ बर्ष अगाडीदेखि नै पटक पटक गरी अभियुक्त ध्रुव बहादुरले निजको श्रीमतीलाई पठाएको अं. २ लाख जति मृतकले ब्याजमा पैसा चलाईदिएको ।
- मृतक राजेश्वर मोक्तान तामाङको अभियुक्तको श्रीमतीसंग अनैतिक सम्बन्ध रहेको भनि स्थानिय गाउँमा हो-हल्ला समेत भएको ।
- २०७२ साल श्रावण महिनाको पहिलो सातातिर मृतक राजेश्वरमोक्तान तामाङसँग अभियुक्तको श्रीमतीले ब्याजमा दिएको रकम फिर्ता माग गरेको ।
- उक्त रकम फिर्ता माग गर्दा मृतकले अभियुक्तको श्रीमतीसंग ” मैले तेरो पैसा ब्याजमा लगाएको छु, म संग भागी बिवाह गरिनस् भने पैसा दिन्न” भनि भनेको साथै सोही समयमा अभियुक्तकी श्रीमतीलाई करणी गर्ने मनसायले घांटीमा समाती लडाएको भनि निज सिता थिङले आफ्नो श्रीमान ध्रुवलाई भनेको ।
- अभियुक्तको श्रीमतीलाई मृतकले गरेको ब्यवहार र ब्याजमा दिएको रकम समेत नपाएकोले मृतक राजेश्वर र अभियुक्त बिच मनमुटाव बढ्दै गई फोनबाट समेत भनाभन हुने गरेकोमा मिति २०७२।०४।२० गते “म काठमाण्डौ आउंदै छू, उतैतिर भेटेर कुरा गरौंला” भनि निज मृतकले अभियुक्त ध्रुवलाई भनेको ।
- रीस उठीरहेकाले उपयुक्त अबस्था आएमा राजेश्वरलाई मार्नु पर्छ भनि कोठाबाट रांगोको मासु काट्ने गरेको दाप सहितको खुकुरी कम्मरको पछाडीपट्टी घुसारी लगेको ।
- मिति २०७२।०४।२० गते अभियुक्त र मृतकविच का.जि. माछापोखरीमा भेट्ने सल्लाह भई अन्दाजी १७:०० बजे भेट भएको ।
- का.जि. माछापोखरीबाट अन्दाजी १७:१५ बजेको समयमा का.जि. तारकेश्वर न.पा. काभ्रेस्थली तर्फ जान भनि दुवैजना जम्वो हाईस माईक्रो बस चढी गएका ।
- दुवैजना का.जि. तारकेश्वर न.पा. ५ काभ्रेस्थली भेडीगोठ नजिक हाईटमा झरी धानबारी सहितको कुलो रहेको खोंच तर्फ एकान्तमा गएका ।
- सोही स्थानमा रहेको कुलोको डिलमा बसी सल्लाह गर्ने क्रममा मृतकले “जे हुनु भैगो म तेरो श्रीमतीलाई राख्न परे पनि राख्छु, तर म पैसा तिर्दिन” भनि अभियुक्तलाई भनेकोले निज अभियुक्तले “मैले ज्याला मजदुरी गरी कमाएको पैसा हो, श्रीमतीलाई जे गर्छस् गर् तर पैसा चाहीं मलाई चाहिन्छ ।” भनेकोमा दुवैजना विच एक आपसमा बिबाद भई हात हाला-हाल भएको ।
- हात हाला-हालकै क्रममा घांटी थिचा-थिच गरि एकले अर्कोलाई पछार्ने क्रममा अभियुक्तले आफ्नो साथमा कम्वरको पछाडीको भागमा लुकाई ल्याएको खुकुरीले मृतक राजेश्वरको घांटीमा पटक- पटक गरी ८/१० पटक सम्म प्रहार गरी कर्तव्य गरी मारेको ।
- मिति ०७२।०४।३२ गते निज अभियुक्तलाई ई.प्र.का. खरानीटारको सहयोगमा यस महाशाखाबाट खटिई गएको बिषेश प्रहरी टोलीले पक्राउ गरी ल्याएको ।















प्रतिक्रिया