९ कार्तिक २०८३, सोमबार

राष्ट्रिय मानव शंसाधन सम्मेलनमा ‘विपतमा कर्मचारी व्यवस्थापन’बारे छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Socity  काठमाडौं, १ भदौं । चौंथो राष्ट्रिय मानव शंसाधन सम्मेलनमा विपत कर्मचारीको व्यवस्थापन विषयमा छलफल भएको छ ।

मानव शंसाधन समाज नेपालले शुक्रबार सोल्टी क्राउन प्लाजा काठमाडौंमा आयोजना गरेको सम्मेलनमा विपतमा कर्मचारी व्यवस्थापन र परिचालनका विषयमा छलफल भएको हो ।

एक दिने सम्मेलनमा देश तथा विदेशका १२० भन्दा बढी मानव शंसाधन प्रमुख र व्यस्थापकहरु तथा यस क्षेत्रमा क्रियाशील व्यक्तिहरुले सहभागीता जनाउँदै राष्ट्रिय स्तरका विभिन्न क्षेत्रका मानव शंसाधन प्रमुखहरुले महाभूकम्पमा कर्मचारीलाई गरेको व्यवस्थापनको प्रशंसा गरेका थिए ।

Socity-1

राष्ट्रिय स्तरका विभिन्न क्षेत्रका मानव शंसाधन प्रमुखहरुले महाभूकम्प पछि आफ्नो संस्थाले कर्मचारी व्यवस्थापनमा गर्नु भएका उदारणीय कार्यहरुबारेलाई सम्मेलनमा प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख बक्ता अजोय घोषले आफू मानव शंसाधन विज्ञको रुपमा ओमानस्थित एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत हुँदा भोगेको सुनामी पछिको अवस्थामा कर्मचारीहरुको व्यवस्थापन पक्षको अनुभव बाड्नुको साथै भविष्यमा यस्तै विपत्तिमा आफ्ना मानव शंसाधनको कसरी उचित व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त सम्मेलनले विपतमा कर्मचारी व्यवस्थापन सम्बन्धमा कस्तो नीति अवलम्बन गर्नुपर्छ भन्ने विषयमा दिशा निर्देश गरेको कुरा सम्मेलनका सहभागीहरुले बताएका छन् ।

Socity-2

सम्मेलनमा समाजले महाभूकम्प पछि विभिन्न संस्थाहरुमा कार्यरत कर्मचारीहरुमा परेको मनोवैज्ञानिक प्रभाव र उनीहरुले अनुभव गरेको संस्थागत सहायताका बारेमा गरिएको अनुसन्धनात्मक अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरेको थियो ।

संस्थाका अध्यक्ष कुमार जोशीले सम्मलेनको उद्देश्य माथि प्रकाश पार्दै सम्पूर्ण सहभागीलाई स्वागत गरेका थिए । सम्मेलनको अन्त्यमा संस्थाका उपाध्यक्ष मोहन ओझाले धन्यबाद ज्ञापन गरेका थिए ।