काठमाडौं, १ भदौं । सप्तरीको भारदहमा जुलुस प्रदर्शनका क्रममा एक जना मारिएको र अन्य घाइते भएको घटनाबारे जानकारी गराउन सभामुख सुवाचन्द् नेम्वाङले उपप्रधान गृहमन्त्री वामदेव गौतमलाई निर्देशन दिनुभएको छ ।
सभामुख नेम्वाङले धेरै सांसदले सप्तरीको भारदहमा जुलुस प्रदर्शनका क्रममा एकजनाको मृत्यु र अन्य केही व्यक्ति घाइते भएको घटनाबारे कुरा उठाएकाले यसबारे सरकारतर्फबाट संसद्को अर्को बैठकमा जानकारी गराउन गृहमन्त्रीलाई निर्देशन दिनुभएको हो ।
आज मात्रै गृहमन्त्री गौतमले संसदभवन अगाडि राप्रपा नेपालको प्रदर्शनमाथि भएको आक्रमणको संसदमा जवाफ दिनुभएको थियो ।















प्रतिक्रिया