काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यको परिवारले बाढी पीडितका लागि राहत कोषमा एक करोड बढी सहयोग गरेका छन् ।
महामन्त्री आचार्यसहित उनको परिवारले परिवार र व्यवसाय (अस्मिता पब्लिकेशन) का तर्फबाट १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् ।
सहयोगपछि महामन्त्री आचार्यले विपद्को घडीमा एक राजनीतिज्ञका रूपमा पूरा गर्नुपर्ने इमान्दार कोसिस सदैव रहिरहने उल्लेख गर्दै विपद्को सामना गर्न सबैलाई धैर्य र साहस मिलोस् भन्ने कामना पनि गरेका छन् ।
आचार्यले लेखेका छन्, ‘यो दुःख चाँडै टरेर जाओस् । विपद्को सामना गर्न हामी सबैलाई धैर्य र साहस मिलोस् । विपद्को यो घडीमा एक राजनीतिज्ञका रूपमा पूरा गर्नुपर्ने इमान्दार कोसिस त सदैव रहि नै रहनेछ ।’











प्रतिक्रिया