काठमाडौं । सरकारले बाढी पीडितको उद्वारका क्रममा उद्वार टोलीले प्रभावितलाई नदेखे सिग्नल दिन आग्रह गरेको छ ।
गृहमन्त्री सुदन गुरूङले उद्धार टोलीको ध्यानाकर्षण गराउन सुरक्षित स्थानमा आगो बालेर धुवाँमार्फत सिग्नल दिन आग्रह गरेका हुन् ।
उनले भने, ‘ज–जसलाई आपत्कालीन उद्धार आवश्यक छ, उहाँहरूले सुरक्षित स्थानमा आगो बालिदिनुभयो भने हेलिकोप्टर टोलीले लोकेसन पहिचान गर्न सहज हुन्छ। सम्भव भएसम्म हेलिप्याड बनाउन मिल्ने खुला स्थान नजिकै आगो बालेर सिग्नल दिन म सबै प्रभावितहरूलाई अनुरोध गर्दछु।’











प्रतिक्रिया