२८ आश्विन २०८३, बुधबार

रसुवा बाढी : स्वास्थ्य मन्त्रालयले सक्रिय गर्‍यो आपतकालीन संयन्त्र

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवामा आएको बाढीपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावित मानवीय क्षति व्यवस्थापनका लागि स्वास्थ्य आपतकालीन संयन्त्र सक्रिय बनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको हो। स्थानीय स्वास्थ्य संस्थामार्फत प्राथमिक उपचार तथा घाइतेको अवस्था पहिचान गर्ने (ट्रायज) व्यवस्था मिलाइएको छ।

गम्भीर घाइतेको उपचारका लागि काठमाडौंका वीर अस्पताल, ट्रमा सेन्टर र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएका बिरामीलाई पूर्वनिर्धारित हब–स्याटेलाइट अस्पताल प्रणालीमार्फत माथिल्लो तहका अस्पतालमा पठाउने व्यवस्था सक्रिय गरिएको छ।

रसुवा अस्पताल, धुन्चे अस्पताल, त्रिशूली अस्पताललगायत स्थानीय स्वास्थ्य संस्थाबीच समन्वय गरी घाइतेको उपचार तथा आवश्यकताअनुसार रिफर गर्ने व्यवस्था मिलाइएको अधिकारीले बताए।

बाढीबाट घाइते भएर काठमाडौं ल्याइएकाको यकिन विवरण भने संकलन भइरहेको मन्त्रालयले जनाएको छ।