२८ आश्विन २०८३, बुधबार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ७६९ जनालाई कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७६९ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७६, सिसिटिभिमार्फत ७५, रातोबत्तीमा ५९ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्र गतिमा १३०, हर्न निषेधमा १३, लेन क्रसमा ८, अवस्था ठिक नभएको २१, एकतर्फीमा १४ र अन्यमा ३७३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।