२८ आश्विन २०८३, बुधबार

गृहमन्त्री गुरुङले सोमबार नागरिकसँग प्रत्यक्ष संवाद गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले भोलि (सोमबार) नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले यही भदौदेखि सञ्चालन गरिरहेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत गृहमन्त्री गुरुङले सोमबार पार्टीको केन्द्रीय कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका हुन्।

रास्वपाले भनेको छ, ‘कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा आम नागरिकले आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षा प्रत्यक्ष रूपमा गृहमन्त्रीसमक्ष राख्न सक्नेछन् भने दोस्रो चरणमा मन्त्री, सांसद तथा केन्द्रीय नेतृत्वबिच नागरिकबाट प्राप्त सुझावसँगै समसामयिक तथा नीतिगत विषयमा छलफल गरिनेछ।’ कार्यक्रम सोमबार साँझ ५ बजेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा हुनेछ।