भैरहवा, ३१ साउन । तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले राज्यले मधेसी जनतालाई जवरजस्ती गृहयुद्धमा जान प्रेरित गरेको आरोप लगाएका छन् ।
वैद्य माओवादीको नेकपा माओवादी, मधेसवादी दल र जनजाति सम्बद्ध पार्टिले सिमांंकनको विरोधमा आज आइतबार आहावन गरेको नेपाल बन्दको अवसरमा रुपन्देही सदरमुकाम भैरहवामा आयोजित कोणसभालाई सम्बोधन गर्दै सभासद समेत रहेका शुक्लाले राज्यले समथर भूमीका बासिन्दा मधेसी र थारुको विरुद्धमा सिमांकनको प्रस्ताव लिएकोले विरोध गरिएको जनाए । पुर्वमन्त्रि समेत रहेका शुक्लाले भने “संविधान मस्यौदा कर्ताले समथर भूमिका जनताको पहिचान नै नरहनेगरि प्रदेशको सिमांकन गरेकोछ । यसले यहांका जनतालाई दमित बनाउंछ । आफ्नो स्वाभीमानकोलागी पनि अहिले नवलपरासी देखी कन्चनपुर सम्मका जनता उठेका छन् । राज्यले यस्तै गरिरह्यो भने मधेसी जनता बाध्य भएर युद्ध गर्न पनि तयार हुनेछन् । ”
नेता शुक्लाले प्रदेशको सिमांकन पश्चगामी भएको जनाउदैं सिमांकन गर्ने जिम्मा पाएका नेताहरुले नीजि स्वार्थमा केन्द्रित भई प्रदेशको सिमांकन गरेको समेत आरोप लगाए । महामन्त्रि शुक्लाले तराईमा बस्ने पहाडी, मधेसी, थारु , जनजाति सबै जनताको हितकोलागी राज्यले नवलपरासीदेखी कन्चरपुर सम्म उठेको आवजलाई सम्बोधन गर्नुपर्ने समेत बताए ।
लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध मधेसवादी दलहरुले २८ गतेदेखी नवलपरासी र रुपन्देही बन्द गर्दै आएकोमा आज आईतबार र भोली सोमबार नेपाल बन्दको आहावन गरेका थिए । भैरहवामा बन्द आयोजकहरुले बुद्धचौंकमा कोणसभा गर्नुपूर्व एअरपोर्टदेखी, गल्लामण्डी हुदैं मिलनचौंक, नारायणस्थान, आवारोड, नयासडक हुदैं बुद्धचौंक पुगेको थियो । नेता शुक्ला नेतृत्वको रयालीमा नेताहरु अजय वर्मा, सन्तोष पाण्डे, महेन्द्र यादव, गुल्जारी यादव, हरिश्चन्द्र यादव, देवी चौधरी, श्रीनिवास यादव, उमाशंकर यादव, मोजिव अलि, आनन्द गुप्ता, इस्लाम लगायतका नेताहरु सहभागी भएका थियो ।
बन्दका कारण रोजीरोटीकोलागी भारतको विभिन्न शहरमा गएर नेपाल फर्किएका सयौं नेपाली तथा पर्यटकहरु सीमावर्ति क्षेत्र बेलहियामा अलपत्र परेका छन् । यहांका शैक्षिक संस्था, उद्योगधन्दा, व्यवसाय सबै ठप्प छ भने जिल्लामा शसस्त्र र नेपाल प्रहरीको सुरक्षा तैनाथी पनि बृद्धि गरिएकोछ ।















प्रतिक्रिया