काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड बडादशैं सकिएसँगै सरकारी कार्यालयहरु आज (सोमबार)बाट खुलेका छन् ।
असोज ३१ गते फूलपातीदेखि कात्तिक ८ गतेसम्मको लामो दशैं बिदा सकिएसँगै सरकारी कार्यालयहरु सोमबारबाट खुलेका हुन् ।
सरकारी कार्यालयहरु खुला भएसँगै काठमाडौंमा चहलपहल निकै बढेको छ ।
दशैंमा बन्द भएका व्यापार व्यवसायहरु पनि खुल्न थालेका छन् ।
त्यस्तै, दशैं बिदामा घर गएकाहरुको फर्कने संख्या पनि बढेको ट्राफिक कार्यालयले जनाएको छ ।















प्रतिक्रिया