९ कार्तिक २०८३, सोमबार

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ कात्तिक १२ गते

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण समारोह दिउँसो २ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा आयोजना हुनेछ । समारोहमा सहभागी हुन नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई निमन्त्रणा गरिएको छ ।

पार्टीको नयाँ कार्यसमितिका सदस्यहरूको शपथ ग्रहण कार्यक्रमले महाधिवेशनबाट चयन भएको नेतृत्वको औपचारिक जिम्मेवारी ग्रहण गर्ने प्रक्रिया अघि बढाउनेछ । यसअघि कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सभापति गगन थापाले पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।