काठमाडौं, ३१ साउन । आइतबार दिउँसो नेपालमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
आज दिउँसो ३ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले काठमाडौंलाई केन्द्रबिन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिनुभयो ।
भूकम्पको धक्का काठमाडौं लगायत उपत्यकाभरी महसुस गरिएको छ ।
















प्रतिक्रिया