मोरङ, ३१ साउन । मोरङमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् ।
बेलबारी नगरपालिका५ स्थित महेन्द्र राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको को १६ प ३६४२ नम्बरको मोटरसाइकल शनिबार दुर्घटना हुँदा चालक बिराटनगर उपमहानगरपालिका१ बस्ने २४ बर्षीय बिकाश गुरुङको मृत्यु भएको छ ।
सोही स्थान बस्ने पैदलयात्री ३५ वर्षीया महिला लिला राईलाई ठक्कर दिंदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएकी राई, चालक र मोटरसाइकलमा सवार २३ बर्षीय सुनिल मगरलाई उपचारार्थ बिराट नर्सिंङ होम बिराटनगर लैजाने क्रममा बाटोमै गुरुङको मृत्यु भएको थियो ।
घाइते पैदलयात्रीको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया