२८ आश्विन २०८३, बुधबार

अन्धाधुन्ध गोली प्रहार गरी ३४ को हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kenyaattack-600x337– एएफपी
मोम्बासा, २ असार । केन्याको एक सामुद्रिक तटीय सहरमा विद्रोहीले गरेको आक्रमणका क्रममा कम्तीमा पनि ३४ जनाको ज्यान गएको छ ।

आइतबार राति अल सेबाब नामको सोमालियाली सशस्त्र विद्रोही समूहले सो आक्रमण गरेको थियो । उनीहरूले केन्यामा प्रवेश गरी हमला गरेको बताइएको छ ।

सोमबार केन्याली अधिकारीहरुले दिएको जानकारीअनुसार ती विद्रोहीहरुले त्यहाँका होटल, रेस्टुरेन्ट एवम् सरकारी कार्यालयहरुमा गोली प्रहार गरेका थिए ।

केन्याको एम्पेकेटोनी सहरमा विद्रोहीले हमला गरेका हुन् । रातको समयमा उनीहरुले अकस्मात गोली प्रहार गरेका र रातभरको सो आतङ्कबाट कम्तीमा पनि ३४ जनाको ज्यान गएको बताइएको छ ।

एम्पेकेटोनी नामको सो सहरका एकजना जिल्ला उपप्रमुख कमिसनर माइसोरीले दिएको जानकारी अनुसार रातको समयमा दर्जनौँको सङ्ख्यामा आएका उनीहरुले हतियारले सो हमला गरेका हुन् ।

उनीहरुले केही व्यक्तिका निजी घर, सरकारी कार्यालय, बैंक, होटल र रेस्टुरेन्ट भवनहरुमा आगजनी र हमला गरेका थिए । सो हमलामा परी अरु कयौँ व्यक्ति घाइते पनि भएका छन् ।

ती उपप्रमुख जिल्ला अधिकारीले सो हमलामा कम्तीमा पनि ५० जना हतियारधारी रहेका र अल सेबाबको झण्डा पनि बोकेका थिए । उनीहरु मोटरसाइकलमा आएका बताइएको छ ।

उनीहरुले मेसिन गन लगायतका अत्याधुनिक हतियारले आक्रमण गरेका थिए । त्यस क्रममा उनीहरुले अल सेबाबको पक्षमा नाराबाजी पनि गरेका थिए । उनीहरुले अल्लाह अकबार भन्दै गोली प्रहार गरेका बताइएको छ ।

सहरका एकजना प्रहरी अधिकारीले सो आक्रमणबाट मारिएका अरुपनि कयौँ शव फेला परेका छन् र अहिलेसम्ममा ३४ जनाको शव भेटिएको जानकारी दिएका छन् ।