काठमाडौं, ३१ साउन । सदियौदेखि मिलेर बस्दै आइरहेका थारु र पहाडी समूदायमा साम्प्रायिकता फैलाउने गरी अभिव्यक्ति दिएको भन्दै चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस सभासद अमरेशकुमार सिंहलाई निगरानीमा राख्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।
पार्टी अध्यक्ष बद्रीप्रसाद न्यौपानेले शनिवार एक विज्ञप्ति प्रकाशित गरेर तराईमा थारु, पहाडी र मधेसीवीच जातीय विद्धैष बढाएर आफ्नो कुत्सित राजनीतिक लाभ लिन खोजिरहेका नेताहरुमाथि निगरानी राख्दै पहाडी समूदायको रक्षा र जातीय सदभाव कायम गराउन भावी आन्दोलनको लागि तयारी गर्न समेत आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
पार्टीले असार २८ गते सुदुपश्चिमको कैलाली जिल्लाको धनगढीमा आयोजित सभालाई संबोधन गर्दै तराईमा सदियौदेखि मिलेर बस्दै आएका थारु र पहाडी समूदायवीचको सुमधुर सम्बन्धलाई खलल पुराउने र साम्प्रदायिकता हिंसा मच्याउने बदनीयतका साथ दिएको अभिब्यक्ति प्रति यस पार्टीको गम्भीर ध्यान आर्कषित भएको जनाएको छ ।
न्यौपानेले अराजक अभिब्यक्तिप्रति घोर आपत्ति र भत्र्सना गरेका छन् ।
साथै पार्टीले साम्प्रदायिक भावना भड्काउने कुनै पनि काम नगर्न सचेत समेत गराएको छ ।















प्रतिक्रिया