पोर्ट ओ प्रिन्स, १ असा
र । उत्तरी शनिबार दुई वटा सवारीसाधन एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा कम्ती १३ व्यक्तिको मृत्यु भएको समाचार छ ।
सांसदको कार अर्को एक भ्यानसँग ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा १३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएको जनाइएको छ ।
यस दुर्घटनामा एक दुई महिने बालक र उनीहरूको आमाको समेत मृत्यु भएको प्रहरी अधिकारी सेम क्यालिस्टेले टेलिफोनमार्फत एएफपी समाचार समितिलाई बताएका छन् ।
यात्रुबाहक भ्यानमा करिब ३० व्यक्ति रहेका बताइएको छ । यस घटनामा घाइते भएकालाई उपचारार्थ अस्पताल पु¥याइएको र दुर्घटना भयानाक भएको क्यालिस्टेले बताएका छन् ।
घाइते मध्ये धेरैको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या बढ्नसक्ने समेत प्रहरीको अनुमान रहेको जनाइएको छ । रासस÷एएफपी













प्रतिक्रिया