२८ आश्विन २०८३, बुधबार

सहकारी सञ्चालनमा नयाँ नीति आवश्यक : मन्त्री निधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimalendra-Nidhi

काठमाडौँ, ३१ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले सहकारी सञ्चालनका बारेमा सरकारले अनुगमन गर्नुपर्ने बताउनुभएको छ ।

महेन्द्रनारायण निधि मेमोरियल स्वास्थ्य सहकारी संस्था लिमिटेडको तेस्रो साधारणसभाको शनिबार उद्घाटन गर्दै उहाँले जथाभावि सहकारी सञ्चालनले सर्वसाधारण ठगिने गरेको अवस्थामा सरकारले नयाँ सहकारी सञ्चालन नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउँदै जतिसक्दो चाँडो उत्पीडित समुदायको पक्षमा संविधानसभाबाट संविधान निर्माण गरी मुलुकलाई आर्थिक विकासको बाटोमा आगाडि बढाउनुपर्छ भन्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले एक वर्षभित्रमै संविधान जारी गर्नका लागि मुख्य ठूला दलहरु, काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) संविधानका विवादित विषयमा सहमति जुटाउँदै गम्भीरताकासाथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व मुख्य सचिव विमल कोइरालाले सरकारले प्रभावकारी नीतिसँगै घरघरमा सहकारी गाउँ गाउँमा रोजगारी भन्ने व्यवहारिक अभियान नै सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । साधारणसभाले भानुभक्त ढकालको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमितिसमेत चयन गरेको छ ।