२८ आश्विन २०८३, बुधबार

‘हेट स्टोरी २’ को बोल्ड ट्रेलर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hate-story

फिल्म मनोरञ्जनका लागि बनाइने गरिन्छ। आम दर्शकमाझ लोकप्रिय बन्नका लागि त्यसमा मसला पनि थप्ने गरिन्छ।

महेश भट्ट क्याम्पको बलिउड फिल्म ‘राज’, ‘मर्डर’ र ‘जिस्म’ जस्तै प्रदर्शन हुन लागेको फिल्म ‘हेट स्टोरी २’ ले पनि यस्तै मसलापूर्ण मनोरञ्जनलाई समेटेर दुईवटा ट्रेलर हालै सार्वजनिक गरेको छ। जुन ट्रेलर एउटा थिएटरका लागि अर्को युट्युबका लागि बनाइएको छ।

विशाल पण्डयाद्वारा निर्देशित फिल्मले सेन्सरको सम्भावित झमेलालाई मध्यनजर राख्दै थिएटरका लागि कम बोल्ड किसिमको ट्रेलर बनाएको छ। तर युट्युवको ट्रेलर बोल्ड मात्र होइन, बिन्दासै किसिमको छ। सुरवीन चावला र जय भानुशाली अभिनित फिल्मको ट्रेलर युट्युबमा दिनानुदिन हिट बन्दै गएको छ। ४ दिन अघि रिलिज ट्रेलर हेर्ने दर्शक संख्या ३० लाख पुगिसकेको छ। जबकी आलिया भट्ट र वरुण धवन अभिनित फिल्म ‘हम्पटी शर्मा की दुल्हनिया’को ट्रेलर त्यति नै दर्शकले हेर्न १० दिन लागेको थियो। ‘हेट स्टोरी २’ को बोल्ड कन्टेन्टसँगै फिल्मको गीतले पनि दर्शकलाई तानिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।