काठमाडौं । दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेका छन् ।
प्रहरीका एक अधिकारीले प्रसाईंलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको जानकारी दिए । पटकपटक पक्राउ र रिहा हुँदै आएका प्रसाईंलाई पक्राउ गर्न प्रहरी आइतबार बिहानै उनको भक्तपुरस्थित घरमा पुगेको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा प्रसाईंले चुनाव बिथोल्ने अभिव्यक्ति दिँदै आएका छन् ।
उनी केही दिनअघि मात्रै सर्वोच्चको आदेशमा रिहा भएका थिए । राजावादी अभियन्ता प्रसाईंसँग सरकारले पटकपटक वार्ता गरे पनि उनले आफ्ना माग पूरा नभएको बताउने गरेका छन् ।















प्रतिक्रिया