९ कार्तिक २०८३, सोमबार

प्रतितोला ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ ।

केही दिनदेखि ओरालो लागेको सुनचाँदीको भाउ दशैंपछि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८१ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

आइतबार सुन प्रतितोला ११ हजारले घटेर दुई लाख ७८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला तीन हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर तीन हजार ९९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।