९ कार्तिक २०८३, सोमबार

एनपीएल खेल्न आएका फरहानलाई पाकिस्तानले फिर्ता बोलायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आएका पाकिस्तानी क्रिकेटर साहिबजादा फरहान पाकिस्तान फर्किने भएका छन् ।

राष्ट्रिय टोलीमा छनोट भएपछि उनी पाकिस्तान फर्किने भएका हुन् ।

श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखलाका लागि पाकिस्तान क्रिकेट बोर्डले उनलाई बोलाएको कर्णाली याक्सले जनाएको छ ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार फरहान अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सकिएपछि पुनः एनपीएलमा फर्किने सम्भावना छ ।

कर्णालीमा पाकिस्तानका दुई खेलाडी छन् ।

पाकिस्तान बोर्डले आफ्ना खेलाडीका लागि एनपीएल फ्रेन्चाइज टिमसँग २५ हजार डलर माग गरेको छ ।

कर्णालीले हुसेन तलतका लागि २५ हजार डलर तिर्ने भएको छ ।