२१ कार्तिक २०८३, शनिबार

हातखुट्टै भाँच्नेगरी प्रहरीले सभासदमाथि लठ्ठी वर्षाएपछि गृहमन्त्री गौतमले दिए यस्तो जवाफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev-Gautamकाठमाडौँ, २० साउन । उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले दलित सङ्घर्ष समितिले मङ्गलबार काठमाडौँको बिजुली बजारमा आयोजना गरेको प्रदर्शनका क्रममा घटेको घटनाप्रति दुःख व्यक्त गर्नुभयो ।

व्यवस्थापिका संसद्को आजको बैठकमा उहाँले सो घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन समिति गठन गरिने सदन समक्ष जानकारी गराउँदै छानविन समितिले दिएको प्रतिवेदनका आधारमा दोषिमाथि कारवाही गर्न सरकार प्रतिवद्ध छ भन्नुभयो ।

गृहमन्त्री गौतमले प्रदर्शनका क्रममा आन्दोलनकारीले सार्वजनिक यातायात आवागमनलाई अवरोध गर्नुका साथै यातायातका साधन एवम् सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गरेपछि सुरक्षाकर्मीले बाध्य भएर आन्दोलनकारीलाई नियन्त्रणमा लिएको जानकारी दिँदै नियन्त्रणमा लिएकालाई छाडिसकिएको वताउनुभयो । सार्वजानिक बाटो सुचारु गर्नु सरकारको दायित्व हो, उहाँले भन्नुभयो ।

नेपाली काँग्रेसका मीनबहादुर विश्वकर्माले गृहमन्त्री गौतमले सदनमा दिनुभएका जवाफ चित्त बुझ्दो नभएको भन्दै दलित आन्दोलनमाथि के कारणले मङ्गलबार प्रहरीले दमन ग¥यो भन्ने प्रश्न गर्नुभयो ।