२१ कार्तिक २०८३, शनिबार

सरकार र डा. गोविन्द केसीबीच ६ बुँदे सहमति, तोडियो अनसन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकार र अनसनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ ।

सहमतिसँगै उनले आफ्नो २५ औं सत्याग्रह अन्त्य गरेका छन् ।

पटक–पटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गएराति नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरी अनसन तोडाएका हुन् ।

डा. केसीको अनसन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनसन रहेको बताए ।

उनले भने, ‘यो डा. केसीको अन्तिम अनसन हो । उहाँसँग भएका सहमतिअनुसार कार्यन्वयन प्रक्रिया अघि बढ्छ ।’

डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन् ।