२१ कार्तिक २०८३, शनिबार

‘फास्ट ट्रयाक’मा पूर्ण संविधान ल्याउन एमालेले के-के गर्दैछ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Buildingकाठमाडौँ, २० साउन । नेकपा (एमाले)ले सङ्घीयताको विषयलाई टुङ्गो लगाएर यही साउन मसान्तभित्र छिटो र पूर्ण संविधान जारी गराउन पार्टीका तर्फबाट पहल गर्ने जनाएको छ ।

आज पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सो पार्टीको स्थायी कमिटीको बैठकले सो निर्णय गरेको सचिव प्रदीप ज्ञवाली जानकारी दिनुभयो ।

उहाँले सङ्घीयताको विषयलाई टुङ्गो लगाएर साउन मसान्तभित्र छिटो र पूर्ण संविधान एमालेको पनि चाहना भएको जनाउँदै आफ्नो पार्टीले संविधान निर्माणमा अवरोध नभई निर्णायक भूमिका निर्वाह गरेको स्पष्ट गर्नुभयो ।

संविधान जारीपछि सहमतिको राष्ट्रिय सरकार गठन गरी मुलुकलाई पुनःनिर्माणको दिशामा अघि बढाउन एमाले प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । उहाँले सरकारले संसद्मा प्रस्तुत गरेको बजेटमा उत्पन्न विवादबारे छलफल जारी रहेको बताउनुभयो । रासस