२१ कार्तिक २०८३, शनिबार

कास्की पहिरो : मृत्यु हुनेको संख्या ३७ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kaski-pahiroपोखरा, १९ साउन । गत बुधबार रातिको भीषण वर्षासँगै आएको पहिराले कास्कीका विभिन्न ठाउँमा आज साँझसम्म मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लुम्लेमा २७, भदौरे तमागीमा आठ र ढिकुरपोखरीको ठूलीचौरमा दुई जनाको मृत्यु भएको छ ।

बाढीपहिराबाट बेपत्ता भएका भदौरे तमागी गाविसका पाँच वर्षीय विश्वराज पराजुली र १० महिनाका किस्मत सुनारको शव फेवातालको पारि टारीखेत भन्ने स्थानमा पानीमा तैरिरहेको अवस्थामा आज प्रहरीले फेला पारेसँगै पहिराबाट मृत्यु हुनेको सङ्ख्या बढेकोे हो ।

उक्त घटनामा घाइते भएका १६ जनाको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पहिरामा पुरिएका दुई जना अझै बेपत्ता छन् ।रासस