काठमाडौँ, १८ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सीमाङ्कनसहित साउनभित्रै नेपालको संविधान जारी हुने बताउनुभएको छ ।
गन्तव्य नेपालको ११औँ वार्षिकोत्सव समारोह–२०७२ को उद्घाटन गर्र्दै उहाँले एक/दुईदिनभित्रमा सहमति जुटाई सीमाङ्कनसहित साउनभित्रै संविधान जारी हुने बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “सीमाङ्कन बडो ठूलो विषय बनेको छ, यसले गर्दा केही मान्छे संविधान नै आउँदैन कि भन्ने सोचमा छन् तर सीमाङ्कनसहित संविधान साउनभित्रै आउँछ ।”
अध्यक्ष ओलीले भन्नुभयो, “सीमाङ्कन बडो ठूलो विषय बनेको छ, यसले गर्दा केही मान्छे संविधान नै आउँदैन कि भन्ने सोचमा छन् तर सीमाङ्कनसहित संविधान साउनभित्रै आउँछ ।”
सहमतिबाट आउने संविधान राष्ट्रिय एकता र आधुनिक नेपालको निर्माण गर्ने खालको हुनुपर्ने भन्दै उहाँले भन्नुभयो, “संविधान जारी गर्न किन हतार ? केपी ओलीलाई प्रधानमन्त्री बन्न हतार भएर हो ? भन्ने कुरा आएको छ, अहिलेसम्मका आन्दोलन केपी ओलीलाई प्रधानमन्त्री बनाउनै भएको हो त ?”
अध्यक्ष ओलीले संविधान सुस्तरीसँग जारी गर्ने भन्दाभन्दै अघिल्लो संविधानसभा नै असफल भएको उदाहरण प्रस्ट रुपमा भएकाले संविधान जारी गर्न ढिला गर्न नहुने विचार व्यक्त गर्नुभयो ।












प्रतिक्रिया