२१ कार्तिक २०८३, शनिबार

संविधानमा हिन्दु राष्ट्र घोषणा नगरिए हतियार उठाउने चेतावनी (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

;+ljwfgdf lxGb" /fi6«sf] klxrfg d]6fpg kfO{b}g eGb} ljleGg lxGb' wdf{jnDaLx?n] dfOlt3/df oftfoft aGb x'g] u/L ul/Psf] h'n';df ;xefuLx? . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौँ, १८ साउन । बाजागाजा, शङ्ख र ढोल बजाई संविधानसभा भवन नयाँबानेश्वरसम्म प्रदर्शन गरेर हिन्दू राष्ट्रको माग गरिएको छ ।

नयाँ संविधानमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्रको व्यवस्था गरिनुपर्ने माग गर्दै आएका सङ्घसंस्थाले संयुक्त रुपमा आज माइतीघर मण्डलादेखि बानेश्वर र गौशालादेखि संविधानसभा भवन गरी दुईतिरबाट पदयात्रा निकालीे ढोल बजाई हिन्दू राष्ट्रको माग गरेका छन् ।

ॐ विश्व हिन्दू धर्म संरक्षण नेपाल, लगायतका संघसंस्थाको समुहले माग पूरा नभए हतियार उठाउने चेतावनी समेत दिएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस हिन्दू राष्ट्र अभियानका संयोजक खुमबहादुर खड्काले धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रता दुवै उस्तै भएकाले संविधानमा हिन्दू राष्ट्र उल्लेख गरिनाको विकल्प नभएको बताउनुभयो । ‘संविधानको मस्यौदामा जनताको सुझाव लिन गरिएको कार्यक्रममा ९० प्रतिशतभन्दा बढी जनताले सनातन हिन्दू राष्ट्र माग गरेका छन्, त्यो माग पूरा हुनुपर्छ, हिन्दू राष्ट्र कायम गर्न नसक्ने हो भने जनमत सङ्ग्रह गरियोस्’, उहाँले भन्नुभयो ।

माइतीघर मण्डलाको कोणसभालाई सम्बोधन उहाँले सनातन हिन्दू राष्ट्र नबनाए हतियार उठाउने चेतावनी दिनुभयो । आफूहरुसँग लाइसेन्स प्राप्त हतियार रहेको चेतावनी समेत दिनुभएको थियो ।

सो अवसरमा विश्व हिन्दू महासङ्घका उपाध्यक्ष संहिताशास्त्री, अर्जुनप्रसाद बास्तोला, संयुक्त सनातन मोर्चाका संयोजक मिठाराम विश्वकर्मा र ब्राह्मण समाजका कावा अध्यक्ष रुवयनाथ कोइरालालगायतले जनताको मागअनुसार हिन्दू राष्ट्र कायम गर्न नसके लोकतान्त्रिक विधिअनुसार जनताको राय लिन जनमत सङ्ग्रहमा जाने हिम्मत गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

पदयात्रा नयाँबानेश्वर एभरेस्ट होटल अगाडि पुगेपछि प्रहरीले रोक्ने प्रयास गरेपछि प्रदर्शनकारी र प्रहरी बीचमा केहीबेर सामान्य झडप भएको थियो ।

;+ljwfgdf lxGb" /fi6«sf] klxrfg d]6fpg kfO{b}g eGb} ljleGg lxGb' wdf{jnDaLx?n] dfOlt3/df oftfoft aGb x'g] u/L ul/Psf] h'n';df ;xefuLx? . tl:a/ M /Tg >]i7, /f;; .