२१ कार्तिक २०८३, शनिबार

सीमाङ्कन टुंग्याउन विशेष समितिको बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CPDCC Meetingकाठमाडौँ, १८ साउन । सङ्घीयताको सीमाङ्कनसहित नयाँ संविधान निर्माणका विषयमा संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले गठन गरेको शीर्ष नेता सम्मिलित विशेष समितिको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।

संविधानको पहिलो मस्यौदामा जनताले दिएका रायसुझाव समेटी आइतबारसम्म प्रतिवेदन बुझाउने जिम्मा पाएको सो समितिले विभाजित विषयमा सहमति जुटाउने कसरत गरिरहेको छ ।

सङ्घीयताको सीमाङ्कन टुङ्गो लगाई वा गत जेठ २५ गतेको राजनीतिक सहमतिअनुसार संविधान ल्याउने भन्नेमा दलहरुबीच विवाद देखिएको छ । रासस