काठमाडौं, १८ साउन । संविधानमा हिन्दूराष्ट्र घोषणको माग गर्दै सडक आन्दोलनमा रहेको सनातन हिन्दूराष्ट्र संयुक्त संघर्ष समितिले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछ ।
मध्यान्ह साढे १२ बजेपछि काठमाडौंको माइतीघर मण्डलबाट प्रदर्शन गरिने समितिका संयोजक खुमबहादुर खड्काले जानकारी दिए । उनले शान्तिपूर्ण रुपमा हुने प्रदर्शनमा मुलुकभरिबाट हज्जारौंको संख्यामा सर्वसाधारण सहभागी हुने बताए ।
नयाँ संविधानमा हिन्दूराष्ट्र शब्द राखिनुपर्ने मागसहित खड्कासहितका कांग्रेस नेताहरूले अभियान चलाएका छन् । अभियानलाई उल्लेख्य समर्थन रहेको संयोजक खड्काको भनाइ छ ।
आजको प्रदर्शनमा सहभागी हुन मध्य तथा पूर्वी तराईका जिल्लाका साथै दाङ, नवलपरासी, चितवन, रुपन्देही, काँस्की, तनहुँलगायतका जिल्लाबाट पनि सर्वसाधारण सहभागी हुने आयोजकको दाबी छ ।
माइतीघर मण्डलाबाट सुरु हुने शक्ति प्रदर्शन बबरमहल हुँदै संविधानसभा भवन नयाँबानेश्वरतर्फ अगाडि बढ्ने छ । र संविधानसभामा धर्ना दिइने खड्काले बताए ।












प्रतिक्रिया