२ श्रावण २०८३, शनिबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय सारियो

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकको समय परिवर्तन गरिएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन गरी दिउँसो १ बजेका लागि सारिएको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकको समय परिवर्तनबारे औपचारिक जानकारी दिएका हुन् । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने लागेको उनले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।