काठमाडौं । सरकारले जिम्मेवारीबाट हटाउने प्रयास गरिरहेको चर्चाबीच प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की प्रहरी संगठनभित्र अनुशासनहीन गतिविधि गर्ने केही अधिकृतप्रति आक्रोशित बनेका छन् ।
प्रहरी प्रधान कार्यालयबाट देशभरका कार्यालय प्रमुखलाई चाडपर्व लक्षित भर्चुअल निर्देशन दिने क्रममा आईजीपी कार्कीले संगठनभित्र अनुशासनहीन गतिविधि गर्ने केही अधिकृतलाई नामै किटेर हप्काएको दाबी गरिएको छ ।
पछिल्ला दिनहरुमा प्रहरी संगठनभित्रकै केहीले व्यवसायिक मर्यादा बिर्सेर आईजीपीविरुद्ध मिडियाबाजी गर्ने, बेनामी उजुरीहरु पठाउने र प्रधानमन्त्रीको सचिवालयसम्म झुटा कुरा लगाएर नजिक हुन खोज्ने प्रवृति बढेको चर्चा छ ।

आजको बैठकमा आईजीपी कार्कीले सञ्चारमाध्यममा संगठनविरुद्ध अतिरञ्जित सूचना फैलाउने र आन्तरिक विषय बाहिर लैजाने प्रवृत्तिले प्रहरी संगठन कमजोर बनाउने चेतावनी दिएको सहभागी एक अधिकृतले बताए ।
ति अधिकृतका अनुसार, संगठनभित्रकै केही व्यक्तिको चलखेल र अनुशासनहीन गतिविधिप्रति कार्की बैठकमा निकै आक्रोशित देखिएका थिए ।
आईजीपी कार्कीले चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनमा केन्द्रित हुन निर्देशन दिए ।
दशैंको सुरक्षा व्यवस्थापन सवारी दुर्घटनाबाहेकका विषय सन्तोषजनक रहेको उल्लेख गर्दै उनले दीपावली, म्हः पूजा, नेपाल संवत्, छठ र ल्होसारको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिए ।
ति अधिकृतका अनुसार आईजीपी कार्कीले संगठनका केही व्यक्तिले अफवाह फैलाउने, बेनामी उजुरी दिने र विभिन्न निकायमा झुटा सूचना पुर्याउने गरेको आरोप समेत लगाएका थिए ।
उनले बर्दीभन्दा बाहिर पनि संसार रहेको उल्लेख गर्दै सबैका गतिविधि निगरानीमा रहेको आईजीपी कार्कीको भनाइ थियो ।
यो पनि















प्रतिक्रिया