२१ कार्तिक २०८३, शनिबार

सिमाङ्कनसहितको संविधानले मात्र सबैलाई खुशी बनाउँछः मन्त्री पण्डित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lalbabu-pandit
उदयपुर, १७ साउन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सिमांकनसहितको संविधान जारी गरे मात्र सबै खुशी हुने बताएका छन् ।

उदयपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले प्रादेशिक सीमाङ्कनसहित संविधान जारी हुन सके धेरैले चित्त बुझाउने बताएका हुन् । उनले नयाँ संविधान कुनै बाधा–अवरोधबिना साउनभित्रै जारी हुनेसमेत बताए ।

संविधान जारी भएलगत्तै नेकपा (एमाले)को नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने मन्त्री पण्डितको दावी छ ।
एक प्रश्नको उत्तरमा मन्त्री पण्डितले भने, “निजामती कर्मचारी ऐन चौथो संशोधनसहित अहिले प्रशासनिक सुधारको योजना ल्याइएका कारण कर्मचारी वर्गले राष्ट्रसेवक भएर काम गर्नैपर्ने हुन्छ, नत्र जागिर छाड्नु पर्छ ।”

स्वदेशको तलब खाएर डिभी र पिआर लिने अनि विदेशमा जाने कर्मचारीबीच व्याप्त प्रवृत्ति रोक्न र व्यापक प्रशासनिक सुधार गर्न अहिले आफूले अभियान नै चलाएको मन्त्री पण्डितको भनाइ थियो ।

मन्त्री पण्डित पूर्वको विभिन्न जिल्लाको प्रशासनिक काम कारवाहीको अनुगमन गर्दै शनिबार बेलुकी उदयपुर आइपुगेका हुन् ।