२६ असार २०८३, शुक्रबार

हाँडीगाउँको प्राचीनता फर्काउन ९ करोड ४५ लाखमा ५४ घरको अग्रमोहडा सुधार हुँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले आधुनिक निर्माणका कारण हराउँदै गएको हाँडीगाउँको ऐतिहासिक र सांस्कृतिक पहिचान पुनःस्थापना गर्न ठूलो अभियान सुरु गरेको छ । यसअन्तर्गत कृष्णमन्दिरदेखि डबली हुँदै भवँर कुःसम्म करिब ३०९ मिटर सडक आसपासका ५४ वटा घरको अग्रमोहडा मौलिक नेवार शैलीमा सुधार गरिनेछ । यसका लागि ९ करोड ४५ लाख रुपैयाँमा निर्माण सम्झौता भएको छ ।

यस मार्गमा रहेका ६३ घरमध्ये ९ घरधनीले आफैं अग्रमोहडा सुधार गरिसकेका छन् भने बाँकी घरमा वडा कार्यालय र महानगरपालिकाको समन्वयमा काम अघि बढाइनेछ । परियोजनाअन्तर्गत परम्परागत झ्यालढोका, बालकोनी, पेटी, गारो, बलेँसी र झिँगटी छानाको प्रयोग गर्दै भवनको मौलिक स्वरूप फर्काइनेछ । साथै, सडकमा ढुङ्गा छाप्ने, पाटी–पौवा, मन्दिर, डबली र सामुदायिक संरचनाको पुनरुत्थान पनि गरिनेछ ।

वडाध्यक्ष वीरेन्द्र प्रजापतीका अनुसार हाँडीगाउँ उपत्यकाकै प्राचीन बस्तीमध्ये एक हो, जहाँ पूर्व–लिच्छवी र लिच्छवीकालीन सांस्कृतिक तथा पुरातात्विक अवशेष भेटिएका छन् । ‘हाँडीगाउँको प्राचीनता नरःदे हो, यसलाई जोगाउन गुरुयोजनाअनुसार चरणबद्ध रूपमा काम गरिरहेका छौँ,’ उनले बताए ।

धार्मिक, सामाजिक तथा सांस्कृतिक जात्रा–पर्वमा निरन्तर प्रयोग हुने यस मार्गको मौलिकता संरक्षणले स्थानीय पहिचानसँगै पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने अपेक्षा गरिएको छ ।