२० असार २०८३, शनिबार

विजयनगर गाउँपालिकामा निःशुल्क टोल–फ्री नम्बर सञ्चालन

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले सेवाग्राहीका गुनासा, सुझाव तथा सार्वजनिक सेवा सम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न निःशुल्क टोल–फ्री नम्बर सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाको नियमित, आकस्मिक सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको हो ।

गाउँपालिकाका अनुसार कार्यालयसँग सम्बन्धित सेवा, विकास निर्माण, सरसफाइ, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा अन्य सार्वजनिक सरोकारका विषयमा सेवाग्राहीले अब कुनै शुल्क नलाग्ने गरी टोल–फ्री नम्बर १६६०–७६५२००१ मा फोन गरी आफ्ना गुनासो, सुझाव तथा समस्या राख्न सक्नेछन् ।

यसले नागरिक र स्थानीय सरकारबीचको दूरी घटाई सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ । गाउँपालिकाले गुनासो सुनुवाइ तथा व्यवस्थापनका लागि स्पष्ट संयन्त्रसमेत तयार गरेको छ । प्राप्त गुनासोलाई सम्बन्धित शाखामा पठाई समयमै समाधान गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले निःशुल्क टोल–फ्री सेवाले नागरिकका आवाज प्रत्यक्ष रूपमा गाउँपालिकासम्म पु¥याउन सहयोग पुग्ने बताए ।