२१ कार्तिक २०८३, शनिबार

धान रोपेर फर्कदै गर्दा छुरा रोपेर छोराको हत्या

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १७ साउन । उदयपुर जिल्लाको पहाडी गाविस बाँसबोटे–७ बुथकुनीमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ ।

शनिबार साँझ बुथकुनीका ४८ वर्षीय दलबहादुर राईले छुरा प्रहार गरेर आफ्नो १८ वर्षका छोरा गम्भीरराजको हत्या गरेका हुन् ।

स्थानीयवासी शिक्षक कुम्भराज राईका अनुसार बाबुछोराको बेंसी खेतमा धान रोप्ने क्रममा झगडा भएको थियो ।

साँझ खेतको काम सकेर घर फर्कने क्रममा बाबुले छोरालाई छातीमा छुरा प्रहार गर्दा छोराको घटनास्थलमा नै मृत्यु भएको बाँसबोटे उमाविका अर्का शिक्षक शिवराम राईले बताए ।