काठमाडौं, १६ साउन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधानको प्रारम्भीक मस्यौदाविरुद्ध थप संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
काठमाडौंको नयाँबानेश्वरस्थित सद्भावना पार्टीको कार्यालयमा आज बसेको मोर्चाको बैठकपछि जारी विज्ञप्तिअनुसार प्रमुख पाँच सहरमा विरोध सभा आयोजना गरिनेछ ।
संर्घषको कार्यक्रमअनुसार साउन १९ देखि २३ सबै निर्वाचन क्षेत्रमा कोण सभा गरिनेछ । साउन २० गते धनकुटा र नेपालगंजमा बिरोध सभा गर्नुका साथै मोर्चाले साउन २१ गते बिर्तामोड र धनगढीमा पनि बिरोध सभाको कार्यक्रम राखेको छ ।
साउन २४ गते हेटौडामा बिरोध सभा गरिनेछ । साथै साउन २४ गतेनै सबै जिल्लामा मोर्चाको समीक्षा तथा आन्दोलन तयारी बैठक बस्नेछ ।
विगतको सम्झौता बिपरीत प्ररम्भीक मस्यौदाकै स्वरुपमा अन्तिम मस्यौदा पेश भएको भोलिपल्टदेखि मस्यौदा दहन तथा बिरोध प्रर्दशन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
मधेशी मोर्चाले संविधानको प्रारम्भीक मस्यौदा २०७२ को विरुद्धमा रहेका राजनीतिक दल तथा समूहहरूसंग एकताबद्ध भई संर्घष गर्न सम्बन्धीत पक्षसंग वार्ता गर्ने निर्णय गरेको छ ।












प्रतिक्रिया