काठमाडौं, जेठ ३० । चौधरी ग्रुप अन्तर्गतको सिजि इलेक्ट्रोनिक्सले हालै फिफा विश्वकपको अवसर पारेर TCL ब्राण्डका LCD टिभिको प्रबर्धन गरेको छ । TCL टिभिमा भएका अद्वितीय विशेषता एवं सुविधाहरुले दर्शकलाई प्रत्यक्ष फुटबल अवलोकनको मनोरन्जन दिने विश्वास कम्पनीको छ । जितको उत्सव विश्वकै नम्बर तीन टिमिसँग भन्ने कुरालाई अगाडि सार्दै विभिन्न सञ्चार माध्यमहरुमा प्रवर्धनसमेत गरेको छ । यस प्रवर्धन योजनाको मुख्य विशेषता भने कै उपभोक्ताहरुलाई फुटबलको लाइभ मजा दिनु हो । विश्वकपलाई लक्षित गर्दै सिजि इलेक्ट्रोनिक्सले ६५ इन्च अल्ट हाइ डेफिनिशन टिभिको प्रवर्धन इन्डलेस मेक्स अ डिफरेन्स एवं इटि इज वर्ड नम्बर तीन LEDTV उल्लेख गरी रोड शोमा प्रवर्धन गरेको छ ।
रेड डट डिजाइन अवार्ड र इफ डिजान अवार्ड प्राप्त गरेको यस टिसिएल टेलिभिजन हाल चार के मा समेत उपलब्ध रहेको छ । उच्चगुणस्तर, प्राकृतिक लाइट युक्त, वातावरण मैत्री, स्मार्टभोलुम, एच डि एम आई, डि डि ए एस, ब्लु रे, यु एस वि प्लग एण्ड प्ले, ए भि आउट, फुल युएसभि जस्ता सुविधा एवं विशेषता रहेका छन् ।
१२ महिनाको वारेन्टि भएको सिजि टिभि, सस्तो एवं सर्व सुविधा सम्पन्न छ । ग्राहकहरुको सहजता एवं सुविधालाई ध्यानमा राख्दै विभिन्न बैंकहरुबाट शून्य व्याजदरमा फाइनान्सको व्यवस्था पनि कम्पनीले मिलाएको छ ।














प्रतिक्रिया