२८ आश्विन २०८३, बुधबार

आयल निगमका हाकिम अख्तियारको फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

akhtiyar

काठमाडौँ, ३० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल आयल निगममा बढुवा भएको भन्दै प्रकाशकुमार श्रीवास्तवविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दर्ता गरेको छ ।

आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार निगमको प्रबन्धक (आठौँ तह)मा कार्यरत श्रीवास्तवले बढुवा प्रयोजनका लागि पेस गरेको भारत विहार इन्टरमिडियट शिक्षा परिषद्बाट आइएस्सी परीक्षा उत्तीर्ण गरेको भन्ने प्रमाणपत्र नक्कली रहेको अनुसन्धानबाट खुलेको छ । अभियुक्त श्रीवास्तवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम हदैसम्मको दण्ड सजायको माग दाबी गरिएको छ । रासस