२० कार्तिक २०८३, शुक्रबार

पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौं आउने नाका बन्द, कहाँ-कहाँ भयो अवरुद्ध ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadak-nabalparasi (10)काठमाडौं, १४ साउन । अविरल वर्षाका कारण देशरभर विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोका कारण विहीवार विहानदेखि काठमाडौं आउने नाकासमेत बन्द भएको छ । पहिरोले ठाउँ-ठाउँमा यात्रु अलपत्र परेका छन् ।

काठमाडौँ आउने जाने पृथ्वी राजमार्ग र काठमाडौँ हेटौडा सडकखण्ड अबरुद्ध बनेको छ । काठमाडौं छिर्ने मुख्य नाका नागढुंगा र अरु वैकल्पिक नाकाबाट समेत गाडीको आवागमनमा समस्या आएको ट्राफिक प्रहरीले जनाएको छ ।

पोखरा र पोखरा बाग्लुङ सडकखण्डमा पहिरो जादाँ धौलागिरीको आवतजावत पनि थप्प भएको छ । बागलुङ पोखरा सडकखण्डको एक सय मिटरभन्दा लामो सडकमा पहिरोले ठूलो क्षति पुर्याएकाले तत्काल उक्त सडक खुलाउन नसक्ने बताइएको छ ।

धादिङको जोगिमारामा बुधबार राति पहिरो खस्दा नागढुंगा हुँदै काठमाडौं भित्रिने र बाहिरिने गाडी ठप्प भएका थिए । तर, पानी पर्न छोडेपछि बाटो एकतर्फी खुलाएको ट्राफिक प्रहरीले जनाएको छ । एक दुईवटा साना गाडी जोखिम मोलेर वारपार गरे पनि ठूला सवारी अझै चल्न नसकेको प्रहरीले जनाएको छ ।

Band-yatatअविरल वर्षाका कारण नुवाकोटको मुड्कु सडकखण्डमा पहाड चिरा परेर खस्ने अवस्थामा रहेकाले नुवाकोट काठमाडौं अवतजावतमा समस्या परेको छ । भूकम्पग्रस्त उक्त सडकखण्डमा यसअघि बाटोमाथिको पहाडबाट ढुंगा खस्दा ४ जना यात्रुको ज्यान गैसकेको छ ।

उता भूकम्प गएदेखि नै अवरुद्ध सिन्धुपाल्चोकको बाह्रबिसे÷तातोपानी सडकखण्ड अझै खुल्न सकेको छैन ।