२० कार्तिक २०८३, शुक्रबार

‘जबर्जस्ती धर्म परिवर्तन गराउनुहुन्न’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil_koiralaकाठमाडौँ, १४ साउन । प्रधानमन्त्री सुशील कोइरालाले कसैले पनि कसैको धर्म जबर्जस्ती परिवर्तन गराउन नहुने बताउनुभएको छ ।

राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको विभिन्न मागसहितको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री सुशील कोइरालाले धर्मनिरपेक्षताका सम्बन्धमा जनताबाट विभिन्न रायसुझाव आएकाले बीचको बाटो अपनाउँदा उचित हुने बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले संविधानको प्रारम्भिक मस्यौदामाथि रहेका कमीकमजोरी सच्याई सबैका भावना समेटेर संविधान जारी गरिने विश्वास दिलाउनुभयो ।

समयमै संविधान जारी गर्न नसकिए मुलुक ठूलो दुर्घटनामा पर्ने बताउँदै प्रधानमन्त्री कोइरालाले संविधानको प्रक्रिया र संविधानसभा बाहिर रहेका दललाई पनि सहमतिमा ल्याउन आफूले प्रयास गरिरहेको जानकारी गराउनुभयो ।