२० कार्तिक २०८३, शुक्रबार

देउवाले भने-‘मोदीले सभापति र प्रधानमन्त्री बनाइदिने होइनन्’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba-with-modiकाठमाडौं, १३ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पाँचदिने भ्रमणका सिलसिलामा भारत प्रस्थान गरेका छन् ।

भारत सरकारको निमन्त्रणामा देउवा पत्नि आरजुसँगै अपराह्न ४ बजे पाँच दिने भारत भ्रमणमा नयाँदिल्लीतर्फ प्रस्थान गरेका हुन् । भारतमा नेपालको संविधान निर्माण र जनमतको बारेमा छलफल बताइएको छ ।

भारत प्रस्थान गर्नुअघि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता देउवाले सिमाङकनसहितको संविधान बन्ने दाबी गर्नुभयो । उहाँले आफू प्रधानमन्त्रीको आर्शीवाद लिन भारत जान होइन् भनेर स्पष्ट पार्नुभयो । ‘भारतले कांग्रेसको सभापति र नेपालको प्रधानमन्त्री बनाइदिने होइन् । नेपालले आफै छान्छ, उहाँहरूले बोलाउनु भयो त्यही भएर जान लागेको हुँ, सभापति र प्रधानमन्त्रीका लागि होइन’ देउवाले भने,‘ भारतमा पञ्चेश्वर आयोजना अगाडि बढाउने विषयमा गम्भीर छलफल हुनेछ ।’

भारत भ्रमणमा देउवाले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट्ने कार्यक्रम छ । त्यस्तै शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने निश्चित भएको छ ।

त्यसपछि देउवा नयाँदिल्लीमा भेटघाट सकेर उत्तराखण्डस्थित भारतको सबैभन्दा उच्च स्थानमा रहेको तेहरी जलाशयको समेत भ्रमण गर्नेछन् । भारतीय रक्षा मन्त्रालयअन्तर्गतको इन्स्टिच्युट अफ ल डिफेन्स स्टडिज एन्ड एनालाइसिसमा नेपालको जारी संविधान निर्माण र राजनीतिक घटनाक्रमबारे देउवाले प्रवचन समेत दिने कार्यक्रम छ ।