२० कार्तिक २०८३, शुक्रबार

मृत्युपत्रमा हस्ताक्षर गर्ने की अन्य विकल्प खोज्ने ? : सभापति भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattraiकाठमाडौँ, १३ साउन । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले पेसागत चासोका अतिरिक्त अग्रगामी संविधान बनाउनेमा विशेष ध्यान पु¥याउन आग्रह गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घले प्रस्तावित नयाँ संविधानमा सूचना एवम् अभिव्यक्ति स्वतन्त्रता सम्बन्धमा राखिनुपर्ने प्रावधानबारे प्रस्तुत गरेको ध्यानाकर्षण–पत्र संविधानसभा भवन बानेश्वरमा ग्रहण गर्दै उहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको महत्वपूर्ण खम्बा भएकाले त्यसको सुनिश्चितताका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अघिल्लो संविधानसभाले गरेको कार्यको उपलब्धि ग्रहण गर्नेलगायत दलबीच भएका सहमति विपरीत संविधान मस्यौदा समितिले गल्ति मात्रै होइन, बद्मासी र अपराधजन्य काम गरेर मस्यौदा ल्याएको बताउँदै उहाँले भन्नुभयो– “विगतको सहमतिलाई उल्टाउने गरी आएको मस्यौदालाई कतिपयले त कम्प्युटरले लेखेको भन्ने अभिव्यक्तिसमेत दिएको पनि पाइन्छ ।”

“अहिलेको मस्यौदालाई सुधार नगरी जाने हो भने उत्पीडित जनताको मागलाई सम्बोधन गर्न नसकिने हो भने आफ्नो मृत्यु पत्रमा हस्ताक्षर गर्ने की अन्य विकल्प सोच्ने भन्ने प्रश्न उब्जिएको छ,’ सभापति डा भट्टराइले भन्नुभयो ।

यसअघि ध्यानाकर्षपत्र प्रस्तुत गर्दै महासङ्घका सभापति डा महेन्द्र विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानको मस्यौदाले अङ्कुश पार्न खोजिएको हुँदा त्यसलाई व्यापक सुधार र परिमार्जनको खाँचोे रहेको बताउनुभयो । रासस