काठमाडौं, १३ साउन । मुटुमा समस्या आएपछि नर्भिक अस्पतालमा उपचार गराईरहेका पूर्व युवराज पारस शाह बुधबार डिस्चार्ज भएका छन् । मुटुमा पेसमेकर जडान गरी स्वास्थ्यमा सुधार आएपछि पारसलाई अस्पतालले आज बिहान डिस्चार्ज गरेको हो ।
रातो सर्ट र कालो चश्मा लगाएर प्रफुल्लित मुद्रामा पारस अस्पतालबाट आफैंले गाडी चलाएर बाहिरिएका थिए । अस्पतालबाट बाहिरिएका पारस हिमानीसँग निर्मल निवास गएनन् । उनी धीरेन्द्रकी छोरी शितास्माको घरमा गएका छन् । अस्पताल आउनुअघि पनि उनी शितास्माकै घरमा बसेका थिए ।
गत चैतमा नेपाल आएका पारसलाई पहिलोपटक हिमानीले अस्पतालमा भेट गरे पनि पारस हिमानीसँग बस्न गएका छैनन् । यसअघि उनलाई पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवास प्रवेशमा रोक लगाएका थिए ।












प्रतिक्रिया