काठमाडौं, १३ साउन । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आज विहान भारत प्रस्थान गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनाल बुधबार बिहान नेपाल एयरलाइन्सबाट स्वास्थ्य उपचारका लागि भारतको दिल्ली प्रस्थान गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।
दिल्लीमा खनालले नियमित स्वास्थ्य परीक्षण गर्नेछन् । अमेरिकाको मेरिल्यान्डमा गत असोजमा उपचार गरेका खनाल फेरिक चेकजाँचका लागि दिल्ली गएका हुन् । उनले बिहीबार मेदान्त अस्पतालमा स्वास्थ्य जाँच गर्ने र शुक्रबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।
यसैबीच कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पनि आजै भारत जाँदैछन् ।












प्रतिक्रिया