२० कार्तिक २०८३, शुक्रबार

अब कांग्रेस प्रतिपक्षमा बस्छ : गगन थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan thapaकाठमाडौं, १२ साउन । नेपाली कांग्रेसका युवा नेता गगन थापाले दुई ठूला राजनीतिक दल मिलेर सत्ता चलाउँदा भ्रष्टाचार र दण्डहिनता बढेको भन्दै कांग्रेस अब प्रतिपक्षमा बस्ने बताएका छन् ।

अहिले देशमा संविधान निर्माणको प्रक्रिया अगाडि बढिरहेको बताउँदै कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका थापाले संविधान जारी गरेपछि कांग्रेस या एमाले एउटा प्रतिपक्षमा बस्नुपर्ने बताएका हुन् ।

नेपाली जनसम्पर्क समिति जर्मनीको तेस्रो महाधिवेशन उद्घाटन कार्यक्रम बर्लिनमा बोल्दै उनले प्रतिपक्षको प्रभावकारी भूमिकाका लागि पनि कांग्रेस र एमाले मध्ये एउटा प्रतिपक्षमा बस्नुपर्ने धारणा राखे ।

प्रदेशको सिमाकंन र नामाकंन टुंग्याएर मात्रै संविधान जारी गर्नुपर्नेमा उनको जोड छ । केही समय लम्बाएर भएपनि असन्तुष्ट दलहरुलाई सहमति ल्याउनुपर्ने भन्दै उनले त्यो संविधान मात्रै लागू हुने बताए ।