२० कार्तिक २०८३, शुक्रबार

संविधानमा धर्मनिरपेक्षता हट्नुपर्छ : कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shasanka-Koirala1पोखरा, १२ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् डा शशाङ्क कोइरालाले नयाँ बन्ने संविधानमा धर्मनिरपेक्षताको शब्द हट्नुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस पोखरा नगर समितिले नेपाली काँग्रेसका योद्धाहरुको सम्मान र १३औँ महाधिवेशनको सन्दर्भमा प्रकाशित सङ्कल्प पत्रिकाको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा धर्मनिरपेक्षतालाई हटाएर धार्मिक स्वतन्त्रता राखिनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसको झन्डामा रहेका चार तारामध्ये एउटा तारा धार्मिक स्वतन्त्रता भएको उल्लेख गर्दै काँग्रेस नेता डा कोइरालाले धर्म र राष्ट्रियतालाई कहिल्यै पनि राजनीति गरिनुहुँदैन भन्नुभयो ।

नेपाली काँग्रेसलाई सधैँ उँचो राख्ने एउटै उद्देश्य रहेको धारणा राख्दै उहाँले पार्टीमा गुट उपगुट भएकोमा भने चिन्ता व्यक्त गर्नुभयो ।