काठमाडौं, १२ साउन । भारतका मिसाईल बैज्ञानिक तथा पूर्व राष्ट्रपति डा. एपिजे अब्दुल कलामको सोमबार साँझ निधन भएको छ । सामान्य परिवारमा जन्मिएर वैज्ञानिक देखि राष्ट्रपतिसम्म बनेका उनले आफ्नो जीवनमा भारतकै सबैभन्दा ठूलो पुरस्कार भारत रत्न पाएका थिए ।
संघर्षशील विद्यार्थी, चम्किला वैज्ञानिक र राष्ट्रपतिसम्मको उनको यात्राको सम्मान गर्दै सन् १९९७ मा उनलाई भारतकै सबैभन्दा ठूलो पुरस्कार भारत रत्न प्रदान गरिएको थियो ।
सन् १९३१ को अक्टोबर १५ मा तमिलनाडु राज्यको रामेश्वरमको मुस्लिम परिवारमा जन्मेका अब्दुल कलामको ८३ वर्षको उमेर सोमबार निधन भएको हो । आफ्नो जीवनमा थुप्रै प्रेरणादायी काम गरेका कलाम अरुका लागि प्ररेणा बनेका छन् । उनले मान्छेको जीवन बदल्ने केही प्रेरणादायी भनाईहरु छाडेर गएका छन् । यस्ता छन् उनका भनाईहरु :
१) आफ्नो कामलाई माया गर्नुस् न कि कम्पनीलाई, किनकि तपाईको कम्पनीले कति बेला माया गर्न छोड्छ भन्ने तपाईलाई थाहा नहुन पनि सक्छ ।
२) ती सपना होइनन्, जो तपाई निद्रामा देख्नुहुन्छ, सपना ति हुन जस्ले निदाउन दिँदैन् ।
३) यदि देशलाई भ्रष्टाचारमुक्त र सुन्दर दिमागहरुको राष्ट्र बनाउने हो भने, मलाई लाग्छ समाजका तीनवटा सामाजिक सदस्यले यसका लागि परिवर्तन ल्याउन सक्छन् । ती हुन् आमा बुबा र शिक्षक ।
४) राष्ट्रका सर्वाेत्कृष्ट दिमाग र मस्तिष्कहरु कक्षाकोठाका अन्तिम बेञ्चहरुमा हुनसक्छन् र भेटिन सक्छन् ।
५) तपाईका सन्तान, तपाईका सन्तान होइनन् । उनीहरु जीवन आफैका छोराछोरी हुन् । उनीहरु तपाईबाट त आउँछन् तर, तपाईद्धारा आउँदैनन् । तपाई उनीहरुलाई माया दिनसक्नुहुन्छ तर, तपाईका विचार दिन सक्नुहुन्न् । किनभने उनीहरुका आफ्नै विचार हुन्छन् ।
६) महान मान्छेहरुका लागि धर्म मित्रताको मार्ग हो । तर ‘साना’ मान्छेहरु यसलाई लडाइँको साधन बनाउँछन् ।
७) पहिलो विजयपछि आराम नगर । जब तिमी दोस्रो असफल हुन्छौं त्यो बेला हजारौं जिब्राहरुले तिम्रो पहिलो विजय मात्र भाग्य थियो भन्नेछन् ।
८) सफलताको रहस्य के हो ? सही निर्णय । सही निर्णय कसरी गरिन्छ ? अनुभवबाट । अनुभव कसरी हासिल हुन्छ ? गलत निर्णयहरुबाट ।
९) सबै प्रकारका समस्या निवारण गर्ने तथा सबै प्रकारका घाउहरु बिसेक पार्ने चिकित्सकहरु समय, धैर्य र प्रकृति हुन् ।
१०) सरलता र परिश्रम नै सफलताको एक मात्र मार्ग हो ।
– एजेन्सीको सहयोगमा













प्रतिक्रिया