२० कार्तिक २०८३, शुक्रबार

बालुवाटारमा चारदलको बैठक : मस्यौदाको सुझावलाई सबै नेताले ‘चेकजाँच’ गर्ने निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4 party-meetingकाठमाडौँ, ११ साउन । संविधानको प्रारम्भिक मस्यौदामा नागरिकबाट आएको सुझावलाई कसरी सम्बोधन गर्ने भन्ने सम्बन्धमा केन्द्रित रहेर बसेको प्रमुख चार दलको बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख दलका सचेतकले त्यस सम्बन्धमा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले जनतालाई दिएका सुझावलाई प्रतिवेदनका रुपमा तयार गर्न गरिरहेको प्रयास र सुझाव कार्यान्वयनमा लाने सन्दर्भमा अपनाउनुपर्ने विधि र प्रक्रियाका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

बैठकमा जनताले दिएका सुझावलाई के कस्तो ढङ्गले कति र कसरी सम्बोधन गर्ने सम्बन्धमा सबै नेताले सुझावलाई ‘चेकजाँच’ गरी आगामी बैठकमा दलगत धारणा प्रस्तुत गर्ने गरी आजको बैठक स्थगन भएको नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष विद्यादेवी भण्डारी, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललगायतको सहभागिता थियो । बैठक मङ्गलबार बिहान ९ बने पुनः बस्ने जनाइएको छ । रासस