३० आश्विन २०८३, शुक्रबार

असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ५ कात्तिक। विद्युत् विकास विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता २४१.५० मेगावाट बराबर रहेको छ ।

विभागले हालसम्म २६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता १० हजार ८२५ मेगावाट रहेको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

विभागले चालु आवको असोज मसान्तसम्ममा लापा खोला (४.७२ मेगावाट), लोअर बरुण (१.३२ मेगावाट), म्याग्दी खोला बी (१२.५० मेगावाट), तल्लो लिखु क्यासकेड (६) लाई निर्माण अनुमति पत्र प्रदान गरेको हो ।

माथिल्लो मेलम्ची (४.९५ मेगावाट), सुपरसभा खोला (९.५५ मेगावाट), लोअर मेलम्ची खोला (४.९६ मेगावाट), अप्पर सेती एक (१३), होङ्गु खोला (२८.९० मेगावाट) र इन्दुवा खोला (२४.९२ मेगावाट)लाई निर्माण अनुमतिपत्र प्रदान गरेको हो ।

विभागले हालसम्म कूल १८५ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ । यस्तै विभागका कूल ५९ वटा परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन् । ती आयोजनाको कूल क्षमता १० हजार ५३२ मेगावाट बराबर छ ।

सौर्य परियोजनातर्फ १२ आयोजनाले निर्माण अनुमतिपत्र लिएका छन् । ती आयोजनाको क्षमता ८४ मेगावाट छ ।

तीनवटा सौर्य परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन् । ती आयोजनाको क्षमता १५ मेगावाट छ । निर्माण अनुमतिपत्र लिएपनि काम अगाडि नबढाएका १५ आयोजनाको अनुमतिपत्र खारेज गरिएको विभागले जनाएको छ ।

निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका र आवश्यक प्रक्रिया पूरा नगरेका ११ आयोजनाको पनि आवेदन खारेज गरिएको छ । ११८ वटा आयोजनाको सर्वेक्षण अनुमतिपत्र खारेज गरिएको छ । रासस